जिल्लाको बारेमा
स्वागत छ जिल्ला शिक्षा कार्यालय बागलुङमा !!!
बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत धौलागिरी अञ्चलको दक्षिण तर्फपूर्व, पश्चिम फैलिएको रमणिय पहाडी जिल्ला हो । मिनि नेपाल र झोलुङ्गे पुलको जिल्ला उपनामले चिनिने यस जिल्ला धौलागिरी अञ्चलको सदरमूकामको रुपमा समेत रहेको छ । यो जिल्ला २८० १५' उत्तरदेखि २८० ३७' उत्तरी अक्षांश र ८३० देखि ८३० ३६' पुर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १७८४ वर्ग कि.मी र २०६८ को जनगणना अनुसार कूल जनसंख्या २,६८,६१३ रहेको छ । जसमध्ये १,१७,९९७ पुरुष र १,५०,६१६ महिला रहेका छन् । यस जिल्लाको साक्षरता ७१.८८ जसमा पुरुष ८०.५९ र महिलाको साक्षरता दर ६५.२९ रहेको छ । यस जिल्लालाई राजनैतिक विभाजनका हिसाबले ५९ गा.वि.स., १ न.पा., १३ इलाका र ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मानिने यस जिल्लामा गाजाको दह, उत्तरगंगा, कालिका भगवती मन्दिर प्रमुख धार्मिक स्थलका रुपमा प्रसिद्ध छन् भने ढोरपाटन शिकार आरक्ष, घुम्टेको धुरी, हाडिकोटको धुरी, रामकोट मन्दिर, गाजाको धुरी, भैरवस्थान, घोडाबाधेको चौर, गलकोट दरबार, संसारकोटको डाँडो, रुद्रावती ताल, निलदह आदि स्थलहरु पर्यटकिय एवं धार्मिक हिसाबले महत्वपुर्ण मानिन्छन् ।
परिपत्र तथा सूचना
- पाठ्यक्रम विकास केन्द्रले जारी गरेको शैक्षिक सत्र २०७५ मा कक्षा ९ मा विद्यार्थी भर्ना सम्वन्धी सूचना
- पाठ्यक्रम विकास केन्द्रले जारी गरेको शैक्षिक सत्र २०७५ मा कक्षा ९ मा विद्यार्थी भर्ना सम्वन्धी सूचना
- ICT तथा Library व्यवस्थापन कार्यक्रम वितरण 2074
- ICT तथा Library व्यवस्थापन कार्यक्रम वितरण 2074
- संक्षिप्त तथ्यांक २०७४
- सामुदायिक विद्यालयहरूलार्इ लेखापरीक्षण गराउने वारेकाे अत्यन्त जरूरी सूचना !
- परिवर्तित संरचना अनुसार विद्यालय विवरण २०७४
- एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) अद्याबधिक गर्ने सम्बन्धमा । थप हेर्नुहोस
